‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि देशैभर कांग्रेसले सुरु गर्ने

१० भाद्र २०७९, शुक्रबार ११:१३

शुक्रबारदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान नेपाली कांग्रेसले सुरु गर्ने भएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउन लागेको हो ।

अभिमुखीकरण गरेर कांग्रेसले यसअघि नै अभियानका लागि केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ । जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई बोलाउने छन् ।

सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने र कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउदै अभियानमा जनताका समस्या सुन्ने कांग्रेसले जनाएको छ ।