शंखमूल र बानेश्वरमा अवैध रुपमा बनेका संरचना अवलोकन गर्दै मेयर बालेनसहितको टोलीले

९ भाद्र २०७९, बिहीबार १२:००

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) सहितको टोली अनधिकृत संरचना हटाउन (आज) बिहीबार बिहान शंखमूल र बानेश्वरमा पुगेको छ ।

शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा मेयर बालेनसहित डीआईजी मिरा चौधरी पुगेकी छन् । काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाँउामा मेयर सहितको टोली अवलोकनका लागि पुगेका हुन् ।

बर्गर हाउस सञ्चालक र घर धनीले बालेनसग आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् । यस्तै अन्य ठाँउमा पनि अवैध संरचनामा खुलेका पसलहरूको पनि बालेन नेतृत्वको टोलीले अवलोकन गरिरहेको छ ।

अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउहरु बानेश्वर र शंखमुल रोडमा पनि बालेन पुगेका छन् ।