राष्ट्रपतिले राजीनामा दिने हल्ला फैलाएको भन्दै एमालेका नेता बास्कोटाले लेखे यस्तो

९ भाद्र २०७९, बिहीबार १०:५१

सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आरोप लगाएका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार विभिन्न मिडियामा आएपछि नेता बास्कोटाले कांग्रेसका नेतालाई उदृत गर्दै सामाजिक सञ्जाल मार्फत राष्ट्रपति भण्डारीले राजीनामा दिने सत्तारुढ गठबन्धनले हल्ला फैलाएको बताएका हुन् ।

नेता बास्कोटाले सामाजिक सञ्जाल ट्वटर मा लेखेका छन् ‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ? नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो,फुटपाथमा बेच्न राखेको ललीपप होईन। सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतीमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ,भागेको छैन।’

यस्तै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’को बारेमा पनि लेख्दै भन्छन् ‘मेरो निष्कर्ष सही वा गलत के होला ? अहिले नै किटेर भन्न सक्दिन। तर मेयर बालेन केही गरौ भन्ने हुटहुटी भएका एक मौन बिद्रोही हुन।सत्ता गठबन्धनले आरम्भमै फोहोरमा पनि गठबन्धन गरेर उनको ईच्छा शक्तिमा टाउकैदेखि चिसो पानी खन्याईदियो।सांसदहरुको उपरी संरचना किन ? मैले बुझ्न सकिन।’