
संविधानले प्रतिनिधिसभाको रिक्तता परिकल्पना नगरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बताएका छन् ।
उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकता रहेको काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बताएका हुन्। आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्ने महासचिव गुरुङले बताए।
यस्तै प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक / दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउदै अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिक रूपमा स्थिरता र स्थायित्व जरुरी रहेको पनि उनले बताए ।
