६ लाख २४ हजार ठगी गरेको आरोपमा पक्राउ परेका यी युवा को हुन् ?

८ भाद्र २०७९, बुधबार १७:२३

रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका १६ स्थायी घर भई हाल काठमाडौं १० बानेश्वर बस्‍ने २६ वर्षीय युवक उत्सव दाहाल क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

दाहाललाईरकम ठगी गरेको आरोपमा सिनामंगलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै उनले पीडितहरुलाई ६ लाख २४ हजार ठगी गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार २६ वर्षीय दाहाललाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको छ ।