मे बालेनले काठमाडौंमा हङगामा मच्चाउदै, न्यूरोडमा रहेको नबिल बैंकको शाखा पनि हटाउन निर्देशन

८ भाद्र २०७९, बुधबार १६:४५

काठमाडौंको न्यूरोडमा रहेको नबिल बैंकको शाखा पनि हटाउन काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) साहले निर्देशन दिएका छन् ।

बुधबार न्यूरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन न्यूरोड गएका मेयर शाहले नबिल बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई पनि हटाउन निर्देशन दिएको उनको स्वकीय सचिव भुपदेव शाहले बताए ।

‘न्यूरोडमा अवैधानिक रुमपा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन निर्देशन दिनुभएको छ’ स्वकीय सचिव शाहले भने ।

मेउर शाहले अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन साउन तेस्रो साता मेयर बालेन्द्र साह निर्देशन दिएका थिए । त्यसै अनुरुप नयाँ बानेश्वर बाट भदौ ६ गते देखि अन्डरग्राउण्ड पार्किङको नक्सापास विपरीत व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै उक्त संरचनाहरु हटाउन सुरु गरेका थिए।