
नेकपा एमालेले नागरिकता विधेयकमा भ्रम छर्ने काम गरेको नेकपा (माओवादी केन्द्र्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था उक्त नागरिता विधेयकमा रहेको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले बताएका छन् । नेकपा एमालेले विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेकाले यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक उनले बताए।
ओली नेतृत्व सरकारले अध्यादेशमार्फत ल्याएको नागरिता विधेयक सदनमार्फत ल्याउँदा राष्ट्रघात भयो भन्दै प्रचार गरेको प्रचण्ड बताए।
https://youtu.be/na7hAv5mrho
