एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन प्रस्ताव

६ भाद्र २०७९, सोमबार १७:१९

निर्वाचनको मौन अवधि घटाउन नेकपा एमालेले  प्रस्ताव गरेको छ । एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा प्रस्ताव गरेको प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए ।

एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ भन्दा बढी जुलुस लान नपाउने व्‍यवस्था हटाउन पनि माग गर्दैआयोगलाई १३ बुँदे सुझाव बुझाएको छ ।

‘उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइनेलगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्नेछ,’ एमालेले आफ्नो सुझावमा भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, अनुमति भन्ने हटाउनुपर्नेछ ।’

यस्तै एमालेले आचार संहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को-को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।