बागलुङका तीन नेता एकसाथ पुगे माओवादी केन्द्रंको नेतृत्वमा, ती नेता को को हुन् ?

५ भाद्र २०७९, आईतवार १०:३६

नेकपा (माओवादी केन्द्रं) को नेतृत्वमा बागलुङका तीन नेता एकसाथ पुगेका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकबाट उनीहरु माओवादी केन्द्रं केन्द्रीय सचिवमा चुनिएका हुन् । सचिवमा चुनिएका नौ जना नेता मध्येमा बागलुङका तीन नेता पनि परेका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य माओवादी केन्द्रं केन्द्रीय सचिवमा चुनिएका हुन्।

बागलुङ नगरपालिका–१२ पौडेल र शर्मा हुन् भने शाक्य ३ का बासिन्दा हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य रहेका छन्।