किन माधव नेपालले ओलीबारेमा राम्रो कुरा नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ?

४ भाद्र २०७९, शनिबार १७:३८

नेकपा (एमाले) अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कडा निर्देशन दिएका छन् । अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।

ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाईअध्यक्ष नेपालले सचेत गराए । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनको चेतावनी थियो । अध्यक्ष नेपालले हामीलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्विकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरूलाई सक्रिय हुन आग्रह समेत गरे । उनले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटक पटक दोहोर्याए ।

‘अहिले पनि मसँग खवर आइरहेका छन–केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन अध्यक्ष नेपालले भने,। यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन । त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्विकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नु हुन्छ भने कुरा विग्रन्छ म क्लियर गर्न चाहन्छु । त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरीको जवाफ दिने । मुखभरीको जवाफ दिनु भएन भने रक्षात्मक भइन्छ । त्यस्ता मान्छेले केही पनि गर्न सक्दैन ।’

विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरूसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको अध्यक्ष नेपालले बताए । उनले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गरे ।

गठबन्धन दलहरूसँग अहिले पनि हातेमालो गर्दै अघि बढने पक्षमा रहेका अध्यक्ष नेपालले बताएका छन् । यस्तै कुरा र विचार मिल्नेहरूसँग वामपन्थी दएकतावद्ध हुनका लागि हात अगाडि बढाएको तर कुरा र विचार नमिल्ने पार्टीहरुसंग भने सम्भव नभएको अध्यक्ष नेपालले उल्लेख गरे ।