माओवादीको महासचिवमा दावी गर्ने यी हुन् ७ नेता

३ भाद्र २०७९, शुक्रबार १२:५०

नेकपा माओवादी केन्द्रका ७ नेताले महासचिवमा आफ्नो दाबी पेश गरेका छन् ।

देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा महासचिवको दाबी गरेका हुन् ।