मंगलबार कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले छलफल गरेका छन् ।
धादिङको धुनवेशी नगरपालिकाका सत्तारुढ गठबन्धन दलकै स्थानीय नेताले फोहोर व्यवस्थापन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेकाले उक्त विषयमा छलफल गर्न काठमाडौं महानगरका प्रमुख शाहले प्रधानमन्त्री देउवासँग गुनासो गरेका थिए । प्रधानमन्त्रीसँग सत्तारुढ दलले असहयोग गरेको भन्दै समाधानको पहल गरिदिन प्रमुख शाहले आग्रह गरेको जनाइएको छ ।
प्रमुख साहले बञ्चरेडाँडामा जाने सडक तत्काल बनाउन प्रधामन्त्रीले पहल गरिदिनुपर्ने पनि प्रमुख शाहको सचिवालयल बताएको छ। ‘भेटमा प्रमुखले बाटो निर्माणको विषयलाई प्राथमिकता दिएर फोहोर व्यवस्थापनमा संघीय सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।
छलफलपछि प्रधामन्त्रीज्यूले सहयोग गर्न तयार रहेको जवाफ दिनुभएको छ, उहाँले सकरात्मक उर्जा सहित सबै खालको सहयोग गर्न तयार छु भन्नुभएको छ,’ बालेनको सचिवालयका एक सदस्यले भने ।
काठमाडौं महानगरका प्रमुख बालेन शाहले प्रधानमन्त्री देउवासँग भेटेर सत्तारुढ दलका स्थानीय कार्यकर्ता नै फोहोर व्यवस्थापनमा अवरोध गरी उनले प्रधानमन्त्रीसँग गुनासो गरेका छन् ।
