
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका छन् ।
अध्यक्ष भट्टराईको साथमा अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पनि माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका हुन् । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो ।
मंगलबार दिउँसो निर्वाचन अयोगमा उक्त निर्णयबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा गएको जानकारी दिइएको छ।
