युवा नेता शाहीले काँग्रेसलाई आगामी चुनावमा बहुमत दिलाउन यस्तो अभियान सुरु गरे

३१ श्रावण २०७९, मंगलवार १०:३६

आगामी निर्वाचनमा युवा सहभागिता बढाउन नेपाली काँग्रेसका युवा नेताहरूले फिप्टी–फिप्टी अभियान सुरु गरेका छन्।

५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव अभियान अन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले राखेका छन् । फिप्टी–फिप्टी अभियान काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन उक्त अभियान सुरु गरिएको शाहीले बताए ।

अभियान अन्तर्गत ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट दिनुपर्ने युवा नेताहरूले शीर्ष नेताहरूमाथि निर्वाचनमा सिट बाँडफाँटमा दबाब बढाएका छन्। बाँकी ५० प्रतिशत टिकट वितरण ५० वर्षमाथि उमेर भएका नेतालाई हुनुपर्ने उनीहरुको माग छ।

पार्टीमा परिवर्तनको सन्देश दिन फिप्टी–फिप्टीको अभियानमा सुरु गरेको नेता शाहीका अनुसार युवाको सहभागिता बढाउनु हो । उनले भने,यसले युवा मतदाताको आकर्षण बढाउछ । युवाको ऊर्जा, क्षमता र जोस जाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग पुग्छ । फिप्टी–फिप्टी अभियानले काँग्रेसलाई बलियो, सशक्त, गतिशील बनाउँछ।

काँग्रेसलाई आगामी मंसिर ४ गते हुन गइरहेको संघीय र प्रतिनिधिसभा निर्वाचनमा बहुमत दिलाउने अभियानको उद्देश्यले फिप्टी–फिप्टीको अभियानमा सुरु गरेको उनको भनाइ छ ।