
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
आजको उक्त बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने र आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल हुने भएको छ । यस्तै बैठकमा डा.बाबुराम भट्टराईको पार्टीले एउटै चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र गठबन्धनमा सिटको प्रस्ताव बारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।
हिजो (सोमबार) बस्ने भनेको स्थायी कमिटिको बैठक राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक बारे छलफल गर्नुपर्ने भएको कारण बैठक आजको लागि सारिएको थियो
