नागरिता विधेयक फिर्ता पठाएर राष्ट्रपति भण्डारी पोखरा हिडिन्

३० श्रावण २०७९, सोमबार १२:१४

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा जादै छिन् ।

राष्ट्रपति भण्डारी मंगलबार पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा पुग्ने छिन् ।
उनी पोखरा झरेलगत्तै पोखरा ग्राण्डमा लन्चको व्यवस्था गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएअनुसार राष्ट्रपति भण्डारी आज ग्राण्डमै बस्ने व्यवस्था गरिएको छ।

राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने र विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने प्रजिअ आचार्यले बताए ।

मंगलबार दिउँसो उनी गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने छिन् । कार्यक्रमलाई सम्वोधन गरेर राष्ट्रपति भण्डारी मंगलबार अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । प्रजिअ आचार्यले राष्ट्रपति भण्डारी आउने भएपछि पोखरामा सुरक्षा व्यवस्था कडा बनाएको बताएका छन्।

राष्ट्रपति भण्डारीले विधेयकमा महिलाको समान हक र देशको भौगोलिक परिस्थितिलाई संसदले एक पटक पुनर्विचार गर्दा राम्रो हुने सन्देशसहित नागरिता विधेयक फिर्ता पठाएकी छन् ।