भारतीय प्रधानमन्त्री मोदी भन्छन् भारत लोकतन्त्रको जननी हो

३० श्रावण २०७९, सोमबार ०९:२३

भारत एक लोकतन्त्रको जननी देश भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

प्रधानमन्त्री मोदीले स्वतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् ।
भारतले आज स्वतन्त्रताको ७५ वर्ष मनाउँदै छ र यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराएका छन् र प्रतिष्ठित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

हामी बापु, नेताजी सुभाष चन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने । प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरेका हुन् ।

नरेन्द्र मोदी संसारका शक्तिशाली नेताहरु पर्दछन् । गणतन्त्र भारत को वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टी को नेता हुन् । उनी २००१ देखि २०१४ सम्म गुजरात को मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी ले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् ।