मेरो सम्पत्ति सबै राज्यको नाम गर्दिए, मसँग उपचार गर्ने पैसा पनि छैनः ओली

२९ श्रावण २०७९, आईतवार १७:२६

आफूसँग उपचार गर्ने पैसासमेत नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेकाले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नमिल्ने बताए ।

ओलीले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने दान गरिसकेको छु ।’

आफ्नो नेतृत्वको सरकार हुँदा जहाँ पनि पैसा भएको तर शेरबहादुर देउवा नेतृत्वको सरकार आउदा बाटो घाटो बनाएको भक्तानी गर्ने पैसा पनि नभएका ओली बताए ।