आज यी प्रदेशमा वर्षाको सम्भावना

२६ श्रावण २०७९, बिहीबार ०८:११

आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ ।

राति प्रदेश १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थान  र बाँकी भूभागका एक-दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।

शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भूभागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।