प्रशासकीय अधिकृतको हृदयघातका कारण मृत्यु

२५ श्रावण २०७९, बुधबार १४:२१

धनुषामा प्रशासकीय अधिकृतको गएराति हृदयघातका कारण मृत्यु भएको छ ।

प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयघातका कारण मृत्यु भएको हो। मृतक ठाकुर जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत थिए । धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण निधन भएको बताएका छन् ।

गत २०७८ मङ्सिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहेका थिए । ठाकुरको गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रजिअ पौडेलले बताए ।