प्रचण्ड र तोसिहिरो निकाइबीच भेटवार्ता, भेटमा भए यस्ता विषयमा छलफल

२५ श्रावण २०७९, बुधबार १३:२९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निकाइबीच भेटवार्ता भएको छ ।

जापान भ्रमणमा रहएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइबीच मंगलबार LDP Headquarter Tokyo (एलडिपी)को सदरमुकाम टोकियोमा भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदान प्रदानदेखि स्थानीय सहर र नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो।