देबेन्द्र काउछा र निर्मला थापाको (आमा छैनन यो तिजमा) तिज गीत सार्वजनिक

२४ श्रावण २०७९, मंगलवार १८:२२

२०७९ सालका तीजका गीतहरु बजारमा दिन प्रति दिन आउने क्रम जारी छ ।

यसैबीच देबेन्द्र काउछा र निर्मला थापाको सुमधुर स्वरमा २०७९ सालको नयाँ तीज गीत “आमा छैनन् यो तिजमा” बोलको सार्वजनिक भएको छ । उक्त “आमा छैनन् यो तिजमा” बोलको तीज गीत निकै मर्म स्पर्सि तीज गीत हो । उक्त तीज गीतको शब्द संगित लक्ष्मी श्रीषले बनाएका हुन । यस गीतमा भुवन शिंह ठकुरी ,महिमा घर्तिमगर, मिना घर्तिमगर र बद्री पुडासैनी लगायत कलाकार हरुले अभिनय गरेका छन ।

मन्जरी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको यस गीतको म्युजिक भिडियो डाइरेक्सन र इडिट गर्ने काम दिपक घर्ति मगरले गरेका हुन् । रुबिन मगरको एरेन्ज र मिक्सिङ रहेको यो गीत अत्यन्तै भाबुक बनाउने खालको छ ।