काठमाडौं महानगरले नर्भिक अस्पतालले सरकारी जग्गामा बनानएका संरचना भत्काउने

२४ श्रावण २०७९, मंगलवार १२:२५

आज थापाथलीस्थित नर्भिक अस्पतालले अतिक्रमण गरेरे सरकारी जग्गामा निर्माण गरेको संरचना काठमाडौं महानगरपालिकाले भत्काउने भएको छ ।

अतिक्रमण गरेको एक रोपनी आठ आनामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहेले हिजो नर्भिक अस्पताललाई निर्देशन दिएका थिए ।

उक्त समयभित्र अस्पताल प्रशासनले सरकारी जग्गामा निर्माण गरेको संरचना नभत्काए महानगरले नै भत्काईदिने महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।

सरकारी जग्गामा व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनीरुपमा संरचना बनाएर उपयोग गर्दै आएको छ । नेपालको निकै महंगो अस्पतालमध्ये व्यवसायी वसन्त चौधरीको यो अस्पताल एक महंगो अस्पतालमा पर्दछ।