मोतिराज खनालको आउ बस आडैमा तीज गीत

२३ श्रावण २०७९, सोमबार १८:३८

मोतिराज खनाल र सबिन खड्काको तीज गीत ‘आउ बस आडैमा’ संगित चौतारी युटुब च्यानलबाट सार्वजनिक भएको छ।

उक्त तीज गीतमा मोतिराज खनाल र रीता राउतले स्वर दिएका छन् । उक्त गीतको शब्द र संगीत गायक स्वयम् आफैले नैं बनाएका छन् । उक्त गीतको भिडियोमा निर्देशन गिरीप्रसाद भुसालले गरेका हुन्।

म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा, प्रीति भुजेल लगायत कलाकार हरुको अभिनय रहेको छ । प्राय खनालका गीतमा नयाँ पन भेट्न सकिन्छ । यो गित पनि बजारमा आएका गीत मध्य नयाँ सैलीको छ र शब्द पनि निकै रोमान्टिक छन् । माया प्रेमका शब्दजाल बुन्दै प्रेमजोडी एक आपसमा जिस्किएको भाव गीतले दिएको छ ।

गायक खनालले गत तिजमा जम्काभेट तिजगीत बजारमा ल्याएका थिए । उक्त गीतले राम्रो बजार पाएको थियो । त्यसैगरी खनालका धेरै लोकदोहोरी गीत बजारमा आएका छन् ।

विगत २०६२ साल देखि गायक खनाल निरन्तर गीत संगितमा रहेका छन् । साथै टेली सिरियल “छिमेकी” मा पनि आबद्ध छन् ।

भिडियो