ओली सवार हेलिकप्टर आकस्मिक अवतरण

२३ श्रावण २०७९, सोमबार १६:४५

सिमरा विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको छ ।

रौतहटको गौर पार्टी कार्यक्रमका लागि जान उडेको ओली सवार हेलिकोप्टर सोमबार दिउँसो खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।

गौर जानका लागि उडेको ओली सवार हेलिकप्टर वर्षाका कारण सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । सिमरा विमानस्थलबाट मौसममा सुधार नभए ओली सिमरादेखि सडकबाटै गौर जानेबारे छलफल भइरहेको बताइएको छ।