
प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले चुनाव लड्ने भएका छन् ।
प्रवक्ता शाहीले आज (सोमबार) काठमाडौंमा एक कार्यक्रम गरेर जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीको जिल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको राप्रपा नेताहरुले बताएका छन् ।
