
प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएको छ ।
आज एक कार्यक्रमका साथमा ती दुई पार्टीबीच एकता घोषणा भएको हो । लोसपाको नाम, झण्डा र छाप राष्ट्रिय एकता पार्टी नेपालले स्वीकार गरेको छ । राष्ट्रिय एकता पार्टी नेपालले राखेको सरकारसँग गरेको पाँच बुँदे सहमति लिम्बुवान आन्दोलन, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।
जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमकुमारलाई संघ र प्रदेशको चुनावमा र राष्ट्रिय एकता पार्टी नेपाललाई समुचित स्थान दिइनुको साथै लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ को इन्चार्जको जिम्मेवारी दिएको सम्झौतापत्रमा उल्लेख छ ।
