
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दिने तयारीमा छन् ।
दाङ क्षेत्र नं. २ बाट २०७४ सालको प्रदेशसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेल मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा भने प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।
प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं.२ मा एमालेबाट निर्वाचन जित्ने विश्वासिलो पात्रा एमालेले खोजिरहेको पोखरेलले बताए ।प्रदेशसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. २ मा एमालेबाट बलिभद्र राना र सीता न्यौपाने मध्ये एउटालाई उम्मेदवार बनाउने चर्चा चलेको महासचिव पोखरेलले बताएका छन् ।
राना एमाले लुम्बिनी प्रदेश सदस्य तथा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष र न्यौपाने घोराही उपमहानगर पालिकाको पूर्व उपमेयर भएको महासचिव पोखरेलले बताए ।
एमाले प्रदेश सचिवमा लक्ष्मण आचार्य, केन्द्रीय अनुशासन आयोग सदस्यमा छविलाल ओली, प्रदेश सदस्यमा गिरीराज केसी दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा भएको पनि महासचिव पोखरेलले बताए ।
