गठबन्धनको सरकारले छोरी कुटेर बुहारी तर्साउने गतिविधी गर्‍यो: महेश बस्नेत

२२ श्रावण २०७९, आईतवार १६:४५

नेकपा एमाले सांसद महेश बस्नेतले आज प्रतिनिधी सभामा बोल्दै सभामुख प्रति गुनासो गरेका छन् ।

सांसद बस्नेतले प्रधान न्यायधीस चुलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोग जस्तो विषयलाई समयमै छिनोफानो नगरेको भन्दै सभामुख प्रति गुनासो गरेका हुन् ।गत फागुन २९ गते सदनमा असंख्या आरोप सहित सदनमा दर्ता भएको ५ महिना पछाडि साउन २२ गते छलफल भएको र त्यो छलफल पनि छिनोफानो र छानविन नहुने ढंगले भएका बताए ।

प्रधान न्यायधीस जबराको मंगसिर १४ गते कार्यकाल सकिदै गरेको पनि जानकारी गराए । प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भइसकेको र आलटाल गर्ने समितिमा पठाउने र विचाराधीन रहने अवस्थमा सकिने संयन्त्रका साथ छलफल भएको भन्ने अनुभूति गर्न सक्ने बताए ।

एमाले, सञ्चारकर्मीहरु र बुद्धिजीबीहरु सबैले यसलाई जोडतोडका साथ सडकदेखि सदनसम्म निकै ठुलो विषय रुपमा उठाएको बताए । गठबन्धनधारी सरकारले आज न्यायलयमा गर्ने, कार्यपालिकाको मातहतमा न्यायपालिकालाई राख्ने र शक्ति पिठकरणको सिद्धान्तलाई ध्वजी उडाउने खालको गतिविधी गरेको बताए ।

गठबन्धनको सरकारले एकातिर छोरी कुटेर बुहारी तर्साउने र अर्काे तिर सर्वाेच्च अदालत (न्यायपालिका जस्तो निकायलाई कार्यबाहकबाट चलाउने जुन एउटा गल्त परम्पराको सुरुवात गरेको बताए । प्रत्यक्ष ढंगले दवावमा राख्ने अप्रत्यक्ष ढंगले कार्यपालिकाको मातहतमा राख्ने जुन एउटा प्रवृत्ति देखिएको छ । त्यो निकै गम्भिर र डर लाग्दो प्रवृत्ति भएको पनि बताएका छन् । .