अर्थमन्त्रालयमा जान विगतमा सचिवहरुले हानथाप गर्ने गरेपनि अहिले जान डराइरहेको नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले बताएका छन् ।
सांसद ज्ञवालीले सरकारले गरेको क्रियाकलापका कारण अर्थमन्त्रालयमा कर्मचारी जान नमानिरहेको आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै दावी गरे । उनले अर्थमन्त्रीमाथि छानविन गर्न बनेको समितिले पूर्ण रुपले काम गर्न नपाएको आरोप लगाउँदै अपुरो प्रतिवेदन आएका कारण अर्थमन्त्रालयमा कर्मचारी नगएको आरोप लगाए ।
उनले भने– ‘कस्तो हुन्छ भने कानुनी उन्मुक्ति र नैतिक उन्मुक्ति फरक कुरा हो । मैले अहिले ढाका टोपी लगाइरहेको छु । कानुनले कहीँ पनि ढाका टोपी उल्टो लगाउनुहुँदैन भनेर भनेको छैन । मैले ढाका टोपी उल्टो लगाएँ भनेपनि प्रहरीले मलाई कारवाही गर्न मिल्दैन । तर सार्वजनिक नैतिक रुपमा मैले टोपी सुल्टो नै लगाउनुपर्छ ।’
सांसद ज्ञवालीले भारतीय आयल निगमले २ पटक ३१ रुपैयाँ मूल्य घटाउँदा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन समेत माग गरेका छन् ।
