भारतको उपराष्ट्रपतिमा धनखर र अल्भा मध्ये को होला विजय ?

२१ श्रावण २०७९, शनिबार ०८:४९

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भारतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।

जगदीप धनखर र मार्गरेट अल्भा उपराष्ट्रपतिको उम्मेदवार हुन् । उपराष्ट्रपतिको निर्वाचन संसद भवनमा हुने भएको छ । निर्वाचनको नतिजा साँझपछि आउने सम्भावना धेरै रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

उपराष्ट्रपतिमा सत्तारुढ एनडीएबाट जगदीप धनखरले र विपक्षीबाट मार्गरेट अल्भाले उम्मेदवार दिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार बंगालको पूर्वगर्भनर जगदीपको विजय हुने निश्चित देखिएको छ ।