
आज (शनिबार) बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो।
नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।
२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । यस्तै गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
