निर्वाचनपछि माओवादी केन्द्र मुलुकको पहिलो शक्ति बन्छ: पञ्चा सिंह

२० श्रावण २०७९, शुक्रबार २२:२३

आगामी मंसिरको हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनपछि नकपा (माओवादी केन्द्र) मुलुकको पहिलो शक्ति बन्ने दाबी अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले गरेकी छन् ।

अध्यक्ष सिंह अखिल क्रान्तिकार गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएकी हुन् ।

मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने माओवादी केन्द्रीय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले बताइन् । निर्वाचनपछि गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने उनको भनाई थियो ।

तीन महिने अभियान सञ्चालन गरेको अखिल (क्रान्तिकारी)ले सुदूरपश्चिम, लुम्बिनी, कर्णालीसहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमती प्रदेश र मधेश प्रदेशका भेला र कार्यक्रमहरु साउन महिनाभित्र सम्पन्न हुने कार्यक्रममा अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले जानकारी दिए ।