
आगामी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् ।
दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
एकल निर्वाचन चिह्न लिएर चुनाव लड्नका उनीहरूले आयोगमा निवेदन दिनुपर्ने निर्वाचन आयोगले बताएको छ । एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने ऐनको दफा ४९ अनुसार व्यवस्था गरिएको छ । कुनै एउटा दलको वा अरू कुनै पनि चिह्न लिएर चुनाव लड्न गठबन्धन गरेका दलले पाउँछन् ।
