किन गर्छन् यस्ता क्रियाकलाप एमाले वडाध्यक्ष सुनिल गुप्ताले ?

२० श्रावण २०७९, शुक्रबार १६:४३

सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाइदिएको जीतपुर सिमरा उपमहानगर पालिकाका एमाले वडाध्यक्षलाई आरोप लागेको छ ।

बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगर वडा नं ७ का अध्यक्ष सुनिल गुप्ताले उपमहानगरको मुल गेटमा ताला लगाएको नगरप्रमुख राजन पौडेलले बताए ।

कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै वडाध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुल गेटमा ताला लगाएका थिए ।

नगरप्रमुख पौडेलका अनुसार वडाध्यक्ष गुप्ता यसअघि पनि उपमहानगरको मुल गेटमा फोहर ल्याएर थुपार्ने कार्यमा संलग्न हुनुका साथै कार्यपालिका बैठकमा अशोभनीय ढंगले प्रस्तुत हुने गरेका छन् ।