आगामी निर्वाचनमा तालमेल गर्ने बारेमा गठबन्धन दलहरुबीच छलफल गर्दै

२० श्रावण २०७९, शुक्रबार १२:३५

प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलीय सत्ता गठबन्धनको बैठक जारी छ ।

बालुवाटारमा जारी उक्त बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरुले पनि सहभागीता जनाएका छन् । चुनावको मिति घोषणा पछि सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो ।

आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति बिहीबारको मन्त्रिपरिषद् बैठकले घोषणा गरेको थियो । आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलबीचको तालमेलबारे छलफल हुने छ ।

आजको बैठकले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँडका लागि तालमेलको मोडालिटीका बारेमा समेत छलफल हुने बैठकमा सभागी नेताहरुले बताएका छन् । तालमेल र सिट बाँडफाँड गर्न एक समिति बनाउनेबारे पनि प्रारम्भिक छलफल हुने उनीहरुले जनाएका छन्।