
मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।
वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को प्रगति समीक्षा एवम मन्त्रालय स्तरिय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले बताए ।
अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेर भएकाले उनले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा बिकास गर्न पनि निर्देशन दिए। उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यन्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने बताए ।
तरकारीको खपतको आवश्यकता पूरा गर्ने गरि उत्पादन बढाउँन किसानको खेत खेतमा पुग्न साना किसान बिकास बैंकलाई पनि शर्माले निर्देशन दिए। गाउँका किसानलाई कर्जा दिन निर्देशन दिदै गाउँका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न कृषि बिकास बैंकलाई शर्माले निर्देशन दिएका छन् ।
