बाबु–छोरा एकैपटक डीएसपीमा बढुवा, एकैपटक बढुवा हुने ती बाबु–छोरा को हुन् ?

१९ श्रावण २०७९, बिहीबार १८:४९

एकैपटक बाबु–छोरा नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन् ।

उपरीक्षक (डीएसपी)मा बढुवा भएका बाबु–छोराले बिहीबार एकैपटक दर्ज्यानी चिह्न लगाएका हुन् । प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका हुन् । तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी छन् । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् ।

उनीहरुसहित बढुवा भएका डीएसपीलाई विहीबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् । राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका हुन् ।

ध्रुवका बुबा राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डीएसपीमा बढुवा हुने संयोग मिलेको हो ।

पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ–आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न समारोहमा प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिएका छन् । संगठनको मूल उद्देश्यमा केन्द्रीत भई संगठनको श्रीवृद्धिमा व्यवसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्न निर्देशन हुन्।

माछापुच्छ्रे गाउँपालिका ग्रामीण क्षेत्र हो। आफू प्रहरी सेवामा रहेका बेला दुई छोराहरूको अध्ययनमा समस्या हुन सक्ने देखेपछि उनीहरू पोखरा झरे। जेठा छोरा सुशील र कान्छा ध्रुव दुवैलाई सानैदेखि विदेश मोह जागेन। उनीहरूले नेपालमा नै सेवा गर्ने बताउँदै आएको बाबु राजेन्द्र बताउँछन्। उनका अनुसार सुशील कलेजमा अध्यापनरत छन्। सुशीलकी श्रीमती छात्रवृत्तिमा कोरियामा अध्ययन गरेर फर्किएकी ‘गोल्ड मेडलिस्ट’ ‘फर्मासिस्ट’ हुन। उनी पनि कलेजमा नै अध्यापनरत छिन्। गत वैशाखमा विवाह गरेका ध्रुवकी श्रीमती स्नातक तह अध्ययनको अन्तिममा आइपुग्न लागेकी छिन्।