
आज बसेको मनत्रीपरिषद्को बैठकबाट सरकारले मंसिर ४ गतेलाई गरकोे प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन घोषणालाई एमालेले स्वागत गरेको छ।
निर्वाचन अपेक्षित रहेको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्। नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनाव हुने भएको बताएका छन्।
नव घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको उनको भनाइ छ। यस्तै एमालेका सांसद शेरबहादुर तामाङले पनि सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मितिलाई एमालेले स्वागत गर्ने बताएका छन्।
प्रजातन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएकाले मिति तोकेर सरकारले नियमित काम गरेको संक्षिप्त प्रतिक्रिया दिँदै तामाङले बताए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि गरेको छ।
