
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अगामी मङ्सिर ४ गते गर्ने सरकारले निर्णय गरेको छ ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले दिएको जानकारी अनुसार आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको हो । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।
सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका थिए ।
