ओलीले २ पटक संसद विघटन गरेकाले समयमै चुनाव हुनुपर्ने झाँक्रीको जिकिर

१९ श्रावण २०७९, बिहीबार १२:४०

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्ने नेकपा (एकीकृत समाजवादी) की नेतृ एवम् पूर्व मन्त्री रामकुमारी झाँक्रीले बताइन ।

एमाले अध्यक्ष ओलीले संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल हुँदाहुँदै २ पटक संसद विघटन गरेपछि पार्टीमा विद्रोह गरेकाले समयमै संसदीय चुनाव हुनुपर्ने झाँक्रीले जिकिर गरिन् ।

‘चुनाव आज घोषणा हुन सक्छ । त्यो पनि मंसिर ४ गते घोषणा हुन सक्छ । चुनाव फागुनमा सार्नु हुँदैन’ झाँक्रीले भनिन्, ‘हामी संवैधानिक प्रश्न गरेर ओली सरको पार्टीलाई भोट नहालेर त्यो पार्टीबाट विद्रोह गरेको नेता हौ । चुनाव फागुनमा सार्ने कुरा हुँदैन ।’

नयाँ संविधान जारी गर्ने बेलाको संक्रमणकालीन अवस्था भएकाले सपथ ढिला भएकाले त्यसलाई प्रश्न बनाउन नहुने झाँक्रीले बताइन । आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओली हुँदा विश्वासको मत दिँदा विद्रोह गरेकाले संविधान भन्दा बाहिर कोही जान नमिल्ने बताइन् ।

स्थानीय तहमा भागवण्डा गर्दा प्राप्त छलफल नभएकाले राम्रोसँग तालमेल नभएकाले अब हुने चुनावमा प्रयाप्त छलफल गरेर मात्रै प्रदेश र संघमा भागवण्डा गर्नुपर्ने झाँक्रीले बताइन् ।