
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई सम्मान पत्रका साथ स्वागत र सम्मान गरेको छ।
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवनलाई नेपाल चलचित्र संघले राजधानीस्थित एक कार्यक्रमको आयोजना गरी स्वागत र सम्मान गरेको हो।
भुवनको कार्यकालमा नेपाली फिल्म क्षेत्रका समस्याहरूको समाधान हुने कार्यक्रममा संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठले विश्वास व्यक्त गरे। नेपाली फिल्म क्षेत्रको जुन रूपमा विकास हुनुपर्ने हो, त्योरूपमा हुन सकिरेको थिएन। कोरोनाबाट समस्यामा परेको यो क्षेत्र फेरि माथि आउने कोशिसमा छ।
यस्तो बेला फिल्म क्षेत्रकालाई नजिकबाट बुझेको भुवन केसी बोर्ड अध्यक्ष हुनुभएकाले नेपाली फिल्म क्षेत्रका समस्याको समाधान हुने विश्वास छु अध्यक्ष श्रेष्ठले भने हामी सबै मिलेर उहाँको कार्यकाल सफल बनाउन लागौँ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बोर्डमो भुवनको नियुक्तिले कलाकारको योगदानको कदर भएको चर्चा गरे। भुवन दाइलाई बच्चाले समेत चिन्छ।
उहाँले आफूले मात्र फिल्म क्षेत्रको सेवा गनुभएको छैन, आफ्नो परिवारलाई समेत यसमै लगाउनुभएको छ। उहाँको नियुक्तिले विशिष्ट कलाकारर्को योगदानको कदर भएको महशुस भएको छु खड्काले भने उहाँको कार्यकालमा बोर्डले स्वायत्तता पाउनेछ भन्ने विश्वास मैले लिएको छु। उहाँलाई ऐतिहासिक कार्यकालको शुभकामना। सबैले सकारात्मक सोच राखेर साथ दिऊँ।
संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले प्रदर्शकका समस्यालाई प्राथमिकमतामा राख्न आग्रह गरे भने नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले ६० वर्षमाथिका फिल्मकर्मीलाई भत्ताको व्यवस्था गर्न भुवनलाई सुझाव दिए ।
