चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना

१९ श्रावण २०७९, बिहीबार ०७:२१

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानकी राष्ट्रपति साई इङ वेनले ताइवान बोलाएपछि चीन र अमेरिकाबीच तनाब प्रस्थिति सिर्जना भएको छ। चीनले ताइवानमाथि चीन र अमेरिकाबीच तनाब कारणले कतै आक्रमण गर्ने त होइन भन्ने स्थानीय जनतामा त्रास उत्पन्न भएको छ छ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले मंगलबार राती पेलोसीको विमान चीनमा उत्रनेबित्तिकै ताइवान मामिला कार्यालयले विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण अमेरिका र ताइवानबीच साँठगाँठको संकेत भएको भन्दै विरोध जनाएका थिए । तर चीनले अहिले आफ्नो रवैयामा केही नरमपन देखाएपछि भने अहिलेलाई आक्रमणको त्रास टरेको छ ।

अहिलेलाई खतरा टरेको देखिए तापनि ताइवानमा रहेका करिब दुई सय नेपालीमा भने अझै आक्रमणको त्रास छ । उनीहरू भन्छन्, ‘साई इङले अनावश्यक जोखिम मोलिन् भन्ने स्थानीयको धारणा छ, मेरो पनि धारणा त्यही हो ।’ चीनले आक्रमण गर्‍यो भने करिब २ करोड ४० लाख ताइवानी मात्र प्रभावित हुने होइन, त्यसको प्रभाव अन्तर्राष्ट्रिय रूपमै पर्ने निश्चित छ ।

‘चीनले जुनसुकैबेला आक्रमण गर्नसक्ने त्रासकै कारण ताइवान सरकारले साउथमा रहेका जनतालाई सचेत रहन आग्रह गरिरहेको छ’ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यतिबेला त्यहाँ चिनिया सैनिकले परेड खेलिरहेको छ । ताइवानी सेनाले चीनबाट खतरा भए बच्ने उपायबारे विभिन्न क्षेत्रमा पूर्वाभ्यास गराइरहेको छ । टापुमा चीन र अमेरिकाका युद्धपोत तैनाथ छन् । चीनले आफ्नो क्षेत्रमा प्रवेश गरे जुनसुकैबेला प्रत्याक्रमण गर्ने ताइवानले जनाएको छ ।

ताइवानका सेना हाइअलर्टमा छन् । पछिल्लो समय राष्ट्रपति साईले अमेरिकाप्रति बढी झुकाव राखेका कारण चीनसँगको तनाव चुलिएको छ । कोभिड संक्रमणका बखत जनतालाई भ्याक्सिनलगायत स्वास्थ्य सामग्री ल्याउन नसकेपछि आलोचित बनेकी राष्ट्रपति साईले अमेरिकासँगको प्रगाढ सम्बन्ध रहेको देखाउन अमेरिकी सभामुख पेलोसीलाई ताइवान बोलाएको हो ।