“बेटी पढाऊ, बेटी बचाऊ” अभियानमा करोडौं भ्रष्टाचार

१८ श्रावण २०७९, बुधबार २०:४२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले “बेटी पढाऊ, बेटी बचाऊ” अभियान कार्यक्रममा भ्रष्टाचार भएको भन्दै कार्यक्रमका तत्कालीन सहिवसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उक्त अभियानअन्तर्गत छात्राहरुलाई साइकल दिने अभियान सञ्चालन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो।

आयोगले मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल, शाखा अधिकृत राम स्वार्थ महतो, खरिदार जित मोहन कुमार दास र ओम सत्य साई प्रालिकी प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुसँग जनही १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो दाबी गर्दै हदैसम्मको सजायको आयोगले माग गरेको छ।