मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

१८ श्रावण २०७९, बुधबार १४:४१

कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

बाणगंगा नगरपालिका वडा नं २ मा लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल रुखमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक बाणगंगा वडा नं २ का २५ वर्षीय रमेश विश्वकर्मा र पछाडि बसेका स्थानीय २७ वर्षीय गोपाल विश्वकर्मा रहेका प्रहरीले जनाएको छ । रुखमा ठोक्किएर गम्भीर घाइते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।