
उदयपुरमा सप्तकोसीले कटान सुरु गरेपछि गृहमन्त्री बालकृष्ण खाणले बाढी प्रभावितहरूको उद्धार गर्न निर्देशन दिएका छन्।
उदयपुरको बेलका नगरपालिका १, २ ,८ र ९ मा सप्तकोसीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।
गृहमन्त्री खाणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिए।
सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ। सप्तकोसीको कटानका कारण दुई हजार चार सय घर परिवार विस्थापित हुने भएकाले उनीहरूलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको छ।
यस्तै सप्तकोसी नदीमा जलसतह कम गर्न भारतसित समन्वय गर्ने तयारी गरिए उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । कोसी
