सर्लाहीमा एक युवकको बीभत्स हत्या

१७ श्रावण २०७९, मंगलवार ०८:२४

सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक युवकको बीभत्स हत्या भएको छ।

हरिपूर्वा नगरपालिका–३ धनकौल निवासी १९ वर्षीय सुशीलकुमार रायको हत्या भएको हो। स्थानीय आधारभूत विद्यालयमा शौचालयको सेफ्टी ट्यांकीका लागि खनिएको खाडलमा सोमबार रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाही का डीएसपी विजय यादवले जानकारी दिए।

‘धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको डीएसपी यादवले बताए । हत्या कसले र किन गर्यो भन्ने विषयमा नखुलेको त्यसबारे थप अनुसन्धान भइरहेको डीएसपी यादवले बताएका छन् ।

पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल (मलंगवा) पठाएको प्रहरीले बताएको छ। शुक्रबारदेखि बेपत्ता भएका रायको सोमबार स्थानीय आधारभूत विद्यालयमा शौचालयको सेफ्टी ट्यांकीका लागि खनिएको खाडलमा मृत अवस्थमा भेटिएका थिए । आफन्तका अनुसार रोजगारीको लागि भारत गएका सुशील केही दिनअघि मात्रै घर आएका थिए।