काठमाडौंकी १७ वर्षीया सुनितालाई दाङमा खोलाले बगाएर मृत्यु

१७ श्रावण २०७९, मंगलवार ०७:२५

काठमाडौंकी १७ वर्षीया सुनिता बुढा मगरलाई दाङमा सोमबार खोलाले बगाएर मृत्यु भएको छ ।

काठमाडौं महाराजगञ्ज निवासी १७ वर्षीया सुनिता बुढा मगर दाङ घोराहीस्थित दिदीको घरमा गएको समयमा साथीहरूसँगै घुम्न गएको बेला सोमवार दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बंगलाचुली गाउँपालिका वडा नं. २ स्थित स्याला खोलाले सुनितालाई बताएको थियो । दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार सुनितालाई बचाउन खोज्दा घोराही उपमहागनरपालिका वडा नं. १४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएका छन् ।

यस्तै उक्त खोलाले दुई वटा मोटरसाइकल बगाएको मध्ये रा३प ५०६३ नम्बरको मोटरसाइकलमात्रै खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।