राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने आशय व्यक्त गरेका हुन् ।
‘आगामी गाउँपालिकाको चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ । र आवश्यक परे उठिन्छ पनि,’ उनले लेखेका छन् । आगामी गा.पा. चुनाबमा अन्नपुर्ण गाउँपालिका म्याग्दी बाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र केहि सिप नलागे उठिन्छ पनि #पर्यटन

