केकी अधिकारी तस्वीरहरु भए दुरुपयोग

१६ श्रावण २०७९, सोमबार ११:४१

नायिका केकी अधिकारी आफ्ना तस्वीरहरु राखेर झुटो प्रचारको गरेको बताइकी छन् ।

आफ्नो तस्वीरहरु प्रयोग गरेर एउटा प्रोडक्टले विज्ञापनमा झुटो प्रचार गरेको केकीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । उक्त विज्ञापनको प्रोडक्ट सेवन गरेर शरीरको तौल घटाएको प्रचार गरिएको छ।

केकीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो तस्बिर दुरुपयोग भएको बताउर्दै उनले फेसबुकमा लेखेकी छिन् ‘मेरो नाम र तस्बिरहरुको चरम दुरुपयोग गरेर यस्ता भ्रामक विज्ञापनमा प्रयोग गरिएको पाएकोमा यसमा कुनै सत्यता नभएको र यसमा बिश्वास नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’